बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीको बागलुङ जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारी गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि बुधबार अर्थात भोलि बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
अध्यक्ष कुमार खड्काका अनुसार कालिका मन्दिर दर्शनका लागि बुधबार बिहान आउने कार्यक्रम रहेको भन्दै गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वगतको तयारीमा जुटेको छ । मंगलबार राष्ट्रपतिको बागलुङ भ्रमणको विषय र तयारीका विषयमा जानकारी गराउन बागलुङ कालिका गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।
पहिलो महिला राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने बताउदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रलाई भव्य बनाउनका लागि तयारीमा जुटेको हो । अहिले बागलुङ कालिका मन्दिरलाई पुननिर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच