गाई काटेको आरोपमा चार जना पक्राउ

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 1 min

बागलुङ । गाई मारेको अभियोगमा बागलुङमा चार जना पक्राउ परेका छन् । दक्षिण बागलुङ जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

उनीहरुलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरि अनुसान्धान गरिरहेको खड्काको भनाई छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?