तेस्रो चिचिरी, गेन्द्रो दिवसमा गायिका मेचु धिमालदेखि डिकबहादुर धिमालको प्रस्तुति रहने

Read Time = 2 mins

दमक । धिमाल जातिको मौलिक खाना संस्कतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि मोरङ बेलबारीमा तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी हुने भएको छ । ‘संस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ फागुन १३ गते शनिबार तेस्रो चिचिरी, गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको आयोजनामा बेलबारी ३ स्थित ड्रिमल्याण्ड फन पार्कमा हुने कार्यक्रमको लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा दुई हजारभन्दा बढी दर्शकको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । प्रदर्शनीअन्तर्गत धिमाल परिकार स्टलमा धिमाल जातिको मौलिक खानाहरू चिचिरी, गेन्द्रो, तोले, चुदुर(घुंगी), पायाको बिहा (सुंगुरको मासु), गोरा (रक्सि), हाया (माछा)लगायत परिकार उपलब्ध हुने आयोजकले जनाएको छ ।

सो अवसरमा धिमाल कलाकारबाट सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत हुनेछ्न् । प्रस्तुति दिनका गायिका मेचु धिमाल, गायकहरू डिकबहादुर धिमाल, सञ्जीव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार विक्रम धिमाल र नृत्यकार सरस्वती धिमाल लगायतले प्रस्तुति दिनेछन् । प्रदर्शनीमा गरगहना, पुस्तक, तानबुन्ने, धिमाल समुदायले उत्पादन गर्ने पेटानीलगायत सामग्री तथा बाध्यवादनसमेत प्रदर्शनी हुनेछ । यसअघि पहिलो र दोस्रो प्रदर्शनी दमक र उर्लाबारीमा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?