बाजुरामा भूकम्प पीडित अझै त्रिपालमा बस्न बाध्य

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

बाजुरा । बाजुराका भूकम्पपीडित अझै पनि त्रिपालमुनि रात काट्न बाध्य छन् । गत माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा सबै पुरिएपछि बाजुराको हिमाली गाउँपालिका २, ३, ४, ५ र ६ का अधिकांश स्थानीय त्रिपालमुनि रात काट्न बाध्य भएका हुन् ।

गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका नौवटा घर पूर्ण रूपमा क्षति भएको र २८ घरमा आंशिक रुपमा क्षति भएको हिमाली गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले भूकम्पबाट प्रभावित भएकाहरूका लागि खाद्यान्न तथा त्रिपालको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

बाजुरामा गत माघ १० गते गएको भूकम्पले एक महिलाको मृत्यु भएको थियो भने ३७ वटा भेडा मरेका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?