उच्च शिक्षा हासिल गर्न प्रत्येक वर्ष ६५ प्रतिशत कलैयाका विद्यार्थी बाहिरिदै

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 6 mins

बारा । उच्च शिक्षा हासिल गर्न प्रत्येक वर्ष ६५ प्रतिशत भन्दा बढी विद्यार्थीहरु कलैयाबाट बाहिरिने गरेको तथ्य बाहिर आएको छ ।

उच्च शिक्षा हासिल गर्न प्रत्येक वर्ष कलैया उपमहानगरपालिकाबाट मात्र करीब साढे ५ करोड रुपैयाँ बाहिरिने गरेको खुलासा भएको हो ।

कलैया स्कुल अफ म्यानेजमेन्टले शनिवार कलैया स्थित ज्ञान सरोरोवर एकेडेमी स्कुल परिसमा आयोजना गरेको कलैयामा उच्च शिक्षा अध्यापन विषयक एक दिने कार्यशाला गोष्ठीमा कार्यपत्र पस्तुत गर्दै ज्ञान सरोवर एकेडेमी कलैयाका प्रिन्सिपल श्याम बिहारी केशरीले उक्त रहस्यको खुलासा गर्नुभएकाे हाे ।

बीरगंजका विभिन्न कलेजमा एडमिशन गराएर कलैयामै कोचिङ्ग, ट्युसन गरेर विद्यार्थीहरुले राम्रो गरिरहेको उहाँले जानकारी दिनुभयो ।

‘विद्यार्थीहरुले कलैयालाई ट्युसन सेन्टरको रुपमा मात्र प्रयोग गरेको पाईएको छ,’ उहाँले भन्नुभयो, ‘अब कलैयालाई ट्युसन सेन्टर मात्र होईन, शैक्षिक हब बनाउनु पर्छ ।’ यसको लागि शिक्षा प्रेमी, अभिभावक, शिक्षकसहितका सरोकारवाला निकाय सबैले हातेमालो गरी अगाडी बढ्नु पर्ने उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा बोल्दै महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्रम्हपुरीका प्रधानाध्यापक रमेश कुशवाहाले शिक्षामा राजनीतिकरण भएकै कारण कलैयाका शैक्षिक संस्था धराशायी र शिक्षाको स्तर तल खसेको बताउनुभयो ।

बढदो प्रविधिको प्रयोग नगरी पुरानै शैलीमा शिक्षकले पठनपाठन गराईरहेकोले यहाँको शैक्षिक संस्थाप्रति विद्यार्थीको आकर्षण घटेको उहाँको ठम्याई छ । शिक्षक र शैक्षिक संस्थाको अव्यवहारिक गतिविधिका कारण कलैयाका अभिभावक र विद्यार्थीहरुको स्थानीय शैक्षिक संस्था प्रतिको विश्वास घटेको उहाँले बताउनुभयो ।

‘शिक्षकले विद्यार्थीसंग फ्रेन्डली व्यवहार प्रस्तुत गर्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई शिक्षकले फ्रेन्ड चाहीँ बनाउनु हुदैन ।’ अहिलेका शिक्षकहरुले विद्यार्थीलाई नै फ्रेन्ड बनाएको कारण अभिभावकको विश्वास गुमेको प्रधानाध्यापक कुशवाहाको भनाई छ ।

देश चलाउने राजनीतिकर्मीले शैक्षिक गुणस्तर बढाउन ध्यान नदिदा र शिक्षकलाई हेय दृष्टीकोणले हेर्दा दिन प्रतिदिन शैक्षिक वातावरण बिग्रीन थालेको उहाँको बुझाई छ । सोही कार्यक्रममा मन्तव्य राख्दै बाराका बरिष्ठ संचारकर्मी सुजित कुमार अर्यालले शिक्षाको सवालमा बीरगंज कलैयाको प्रतिस्पर्धी नभएको बताउनुभयो ।

बीरगंज कलैयाका विद्यार्थीहरुको लागी शिक्षा हासिल गर्न पुरक र वाध्यता भएको उहाँले बताउनुभयो । बीरगंजले प्राविधिक शिक्षा दिन्छ तर कलैयामा प्राविधिक शिक्षा दिने शैक्षिक संस्था नै नभएको उहाँले गुनासो गर्नुभयो । एकेडेमिक शिक्षा मात्र होईन । सानो सानो शिक्षा लिन पनि कलैयाका विद्यार्थीलाई अहिले पनि बाहिर पुग्नु पर्ने वाध्यता रहेको उहाँले बताउनुभयो ।

कलैयामा शैक्षिक वातावरण अनुकुल नभएकै कारण यहाका विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न बीरगंज पुग्नु पर्ने वाध्यता रहेको उहाँको बुझाई छ ।

‘यहा जती विद्वत वर्ग हुनुहुन्छ, उहाँहरु मध्ये अधिकाश व्यक्ति बीरगंजमै गएर पढनु भएको छ,’ उहाँले भन्नुभयोे, ‘कलैयामा शैक्षिक वातावरण राम्रो नभएकै कारण पढ्नका लागि यहाँका विद्यार्थीलाई बाहिर पुग्नै पर्छ ।’ मधेश प्रदेशको शैक्षिक हबको रुपमा पहिचान बनाएको बीरगंजले हामीलाई पढ्नको लागी बोलाएको छैन । हामी आफै त्यहाँ जान वाध्य हुनु परेको उहाँले बताउनुभयो ।

कलैयामै विद्यार्थीहरुलाई प्राविधिक तथा एकेडेमिक शिक्षा हासिल गर्न पाउने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षासेवी हरिशचन्द्र प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा शिक्षाप्रेमी तथा शिक्षासेवी सत्यनारायण कुशवाहा, बालकृष्ण यादव, चुमनबाबु केवट, भरतबहादुर मल्ल, मनोज कुमार यादव, अब्दुल्लाह अंसारी, राकेश कुमार, राजाराम गुप्ता, प्रभु कुशवाहा, मुकेश साहलगायतकाले मन्तव्य व्यक्त गर्दै कलैयामै उच्च शिक्षा हासिल गर्न वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?