जम्मु कश्मिरमा भएको भिडन्तमा एक चरमपन्थी मारिए

हिमालय टाइम्स
Read Time = 1 min

कश्मीर। जम्मु कश्मीरमा अतिवादी र सुरक्षा बलहरूबीच दोहोरो भिडन्त भएको छ । पुलवा जिल्लाको अवन्तीपोरामा अतिवादी र सुरक्षा बलहरूबीच दोहोरो भिडन्त भएको हो ।

कश्मीर जोन पुलिसले भिडन्तमा अहिलेसम्म एक चरमपन्थी मारिएको जनाएको छ ।

‘अवंतिपोरा भिडन्तमा एक आतंकवादी मारिए। मारिएका आतंककारीको शव अहिलेसम्म फेला परेको छैन। मुठभेड अझै जारी छ। थप विवरण पछि दिइनेछ,’ कश्मीर जोन पुलिसले आफ्नो ट्विटर ह्यान्डलमा उल्लेख छ ।

पुलवामा जिल्लाको अवन्तीपोराको पदगामपोरामा भिडन्त सुरु भएको कश्मीर जोन पुलिसले जनाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?