कोशीका मुख्यमन्त्री थापाको बरखास्तीको माग राख्दै परेको रिटको सुनुवाइ सकियो, आदेश आउन बाँकी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तीको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएर आदेश आउने भएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको बर्खास्तको माग राख्दै सर्वोच्चमा रिट दायर भएको थियो। रिटमाथिको आदेश आजै आउने भण्डारीले बताउनु भयो ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेसका थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्तका लागि सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको विरोधमा एमालेले अदालतमा रिट दायर गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?