अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

हिमालय टाइम्स
Read Time = 2 mins

ताप्लेजुङ । सिरीजंग गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । फाइनल खेलमा फुङलिङ नगरपालिकालाई तीन-एकको सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।
पाथीभरा याङ्वरकले फुङलिङलाई २५-१५, २५-१९, २१-२५ र २५-१६ अंकले फाइनल खेल जितेको हो ।

विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजंगा लिपिको ट्रफीका साथ दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कारस्वरूप मेरिङ्देन गाउँपालिका र सिरीजंग गाउँपालिकाले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ, उत्कष्ट ब्लकर फुङ्लिङका भवानी भट्टराई, उत्कृष्ट लिफ्टर पाथीभराका विनोद कार्की, उत्कृष्ट सर्भर फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डर फुङ्लिङकै अभिषेश राई, उत्कृष्ट स्पाइकर पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्स रविन इजम, उदीयमान खेलाडी पाथिभराकै बाबुराम बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक सिरीजंगका शिव तोलांगी घोषित हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?