एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्‌को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै बिपक्षमा रहने जनाउनु भयो । ‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन। हामी विश्वासको मत दिँदैनौं,’ संसदीय दलको बैठकमा ओलीले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिदै हुुनुहुन्छ । एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले आज दोहोरयार विश्वासको मत लिन लाग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?