बाजुरा । त्रिभुवन बिश्वविद्यालय अन्तर्गत (स्ववियु) निर्वाचनका क्रममा दुई विद्यार्थी संगठनहरुबीच झडप हुँदा बाजुराको बुढीनन्दा नगरपालिका कोल्टी स्थित बुढीनन्दा क्याम्पसमा मतदान स्थगित भएको छ ।
हिजो भएको निर्वाचनमा नेविसंघ लगायतका गठबन्धन दलका बिद्यार्थीहरुले मतदान स्थलमै खुकुरी देखाएर निर्वाचन भाड्न खोजेपछि स्ववियु निर्वाचन सस्थगित भएको हो ।
आइतबारका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बाजुराको बुढीनन्दा क्याम्पसमा मतदान सुरू भए लगत्तै दुई संगठनहरुबीच झडप भएपछि मतदान स्थगित गरिएको हो ।
मतदान स्थलमा झडपले उग्र रूप लिन खोजेपछि नेपाल प्रहरीले अश्रुग्यास र हवाई फायरिङ गरेर भिड नियन्त्रणमा लिएको थियो ।
हिजो दिउँसो हवाई फायरपछि सञ्चालन गरिएको मतदान पुनः २ घण्टा स्थगित भएको भएको थियो । ४ सय १२ मतदाता रहेको बुढीनन्दा क्याम्पसमा २ सय ५३ मत मात्रै खसेको जानकारी प्राप्त भएको छ ।
नेविसंघका कार्यकर्ताद्वारा नगरपालिका तोडफोड
हिजो भएको स्ववियु निर्वाचनका क्रममा बुढीनन्दा क्याम्पसमा झडप भएपछि साझ नेविसंघका केही कार्यकर्ताहरुले बुढीनन्दा नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।
मतदान स्थलमा भएको झडपलाई लिएर आवेगमा आएका कार्यकर्ताहरुले निर्वाचनको रिक्सलाई लिएर नगरपालिकाको कार्यालय तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको मूलढोका पछाडिको सबै भाग तोडफोड गरी क्षति भएको नगरपालिकाले जनाएको हो । आइतबार दिउँसो ९स्ववियु० निर्वाचनका क्रममा स्थिति तनावग्रस्त भएको र साँझतीर नगरपालिकाको भवनमा ढुगांमुढा प्रहार गरिएको नगरपालिका प्रशासनले जानकारी दिएको छ ।
चुनाव स्थगित लगत्तै आक्रोशित भीडले नगरपालिका तोडफोड पछि कोल्टीबीच बजारमा राखिएका तीनवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुँन् ।
झडपलाई नियन्त्रणमा ल्याउन कर्फ्यु आदेश
हिजो स्थगित भएको बुढीनन्दा क्याम्पसको निर्वाचनका दुई संगठनका बिद्यार्थी नेताहरुबीच झडप भएपछि बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ र २ मा हिजो राती ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लगाइएको थियो ।
हिजो आइतबार दिउँसो ९स्ववियु० निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुदाँ रातीको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिहं बोहराले बताउनुभयो ।
बुढीनन्दा नगरपालिका १ र २ मा आइतबार राति ७ बजेदेखि सोमबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु जारी थियो । बुढीनन्दा क्याम्पसमा हिजो दिउसो दुई बिद्यार्थी संगठनहरुबीच झडप भएपछि प्रहरीले २४ राउण्ड हवाई फाएर समेत गरेको थियो ।
झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रुग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुई संगठनहरुबीच झडप भएपछि क्याम्पसले एक सूचना जारी गर्दै मतदान स्थगित भएको जानकारी गराएको छ ।
पुनः मतदानका लागि सयुक्त गठबन्धन र अनेरास्ववियुबीच बैठक बसिरहेको क्याम्पसले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बाजुराको बुढीनन्दा क्याम्पसमा मतदान सुरू भए लगत्तै पटकपटक मतदान स्थगित हुँदै सुरू हुँदै आएको र मध्यान्ह १२ बजेपछि भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ ।
४ सय १२ मतदाता रहेको बुढिनन्दा क्याम्पसमा एमाले निकट अनेरास्ववियुका तर्फबाट सभापति पदका उम्मेदवार केशर बोहराको प्यानल र अर्कोतर्फ कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानल छ । सो प्यालनबाट नेविसंघका मनिषा घटाला सभापतिको उम्मेदवार छन् ।
यसअघि गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशमा निर्वाचनका क्रममा पनि बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताहरुबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको थियो भने अर्का एकजनाको केही अराजक समुहले घरमै गई कुटपिट गरि हत्या गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच