एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा पुरिदिए हुन्छ : धुर्मुस  

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आफूले धेरै मानसिक यातना भोग्नु परेको भन्दै सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले मुख खोल्नुभएको छ ।

धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चितवन पुगेर मुख खोल्नुभएको हो ।

आफूहरुमाथि लागेका आरोपबारे फेसबुक लाइभ मार्फत उहाँले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ ।

केही भावुक तथा थोरै आक्रोशित रुपमा प्रस्तुत हुँदै उहाँले भन्नुभयो, 'यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ’, धुर्मुसले भन्नुभयो, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’

जनताको रगत र पसिना बगेको यस निर्माणाधिन रंगशाला निर्माणका लागि आफूले सिंहदरबारदेखि नेताका घरघरमा हारगुहार गर्न पुगेको उहाँले बताउनु भयो । साथै उहाँले धुर्मुस–सुन्तलीमात्रको रंगशाला भनेर गलत खालका प्रचार गर्नेहरु प्रति आक्रोश पोख्नु भयो ।

उहाँले सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको बताउनु भयो । सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उहाँको भनाई थियो ।

देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफूले कल्पना समेत नगरेको बताउँदै उहाँले भन्नुभयो, 'म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस् ।

उहाँले भन्नुभयाे,  'हरेक मन्त्रीलाई अनुरोध गरें । क्वाटरमा पुगें । टुंग्याइदिनुस्, न्याय दिलाइदिनुस् भनें । चुनावको आचारसंहिताले दिँदैन भनियो । चुनाव सकिएर प्रधानमन्त्री, मन्त्रीकहाँ धाएँ । टुंग्याइदिनुस् भनें । तर त्यो सरकार पनि गयो ।'

राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको उहाँले बताउनु भयो ।

धुर्मुसले रंगशाला निर्माणस्थलबाट गरेको लाइभ हेर्न यहाँ क्लीक गर्नुहोला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?