काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
चैत ३ मा उपराष्ट्रपति बनेपछि उहाँले सांसद र पार्टीबाट राजीनामा दिनुभएको छ । यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ । यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच