एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सुरु

Read Time = 2 mins

काठमाडौं । सरकारले सबै सरकारी निकायका वेबसाइटबीच एकरूपता कायम गरी सुरक्षा प्रणालीलाई मजबुत बनाउने उद्देश्यका साथ एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणाली सञ्चालनमा ल्याएको छ । सूचना प्रविधि विभागले विकास गरेका दुवै प्रणाली सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार शुभारम्भ गर्नुभएको हो ।

उक्त प्रणाली प्रयोग गरी विकास गरिएका सञ्चार मन्त्रालय एवं अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ भने अन्य मन्त्रालय र मातहतका निकायमा विस्तार गर्दै लगिने विभागले जनाएको छ ।

मन्त्री शर्माले मोनिटरिङ प्रणाली प्रभावकारी बनाउन तथा वेबसाइट हृयाक र डाउन हुने समस्या पहिचान गरी समयमै समाधान खोज्न र सुरक्षित र सहजरूपमा प्रणाली सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो । मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबै सरकारी निकायको एकीकृत सूचना व्यवस्थापन प्रणालीको विकास गर्ने उद्देश्यले प्रणाली र वेबसाइटको विकास गरिएको बताउनुभयो ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमचरण श्रेष्ठले सरकारी वेबसाइट सुरक्षितरूपमा सञ्चालन गर्न र वेबसाइटमात्र नभई सरकारी अनलाइन सिष्टमलाई निरन्तर अनुगमन गरी हृयाक वा डाउन भएमा तत्कालै सुधार गर्न प्रणालीले मद्दत पुग्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?