मुगु । खैरो रङको हाफ टिसर्ट । धुँवा धुलोले मैलो देखिएको अनुहार । आगोको राप अगाडि हातमा हतौडा, अनि जिन्दगीको स्वास फेर्ने पंखा । साथैमा काखमा छोरी । बनाउन बाँकी र बनाइसकेका कुटो, कोदालो, हँसियासहित मुगुमकार्मारोङ गाउँपालिका-८ का आरन पेसा गर्दै आउनुभएका ३१ वर्षीय पेमा छिरिङ कामी आफू र आफ्नो परिवारको जीविकोपार्जनका लागि पसिना बगाइरहनु भएको छ ।
उहाँजस्तै मुगुका दलित लुहारहरूको परम्परागत आरन व्यवसाय जीविकोपार्जनको लागि मुख्य आयस्रोत बनेको छ । आरन पेसा लोप भइरहेको बेला मुगुमा भने उनीहरूको बिहान बेलुका हातमुख जोड्ने र भइपरी आउने आर्थिक अभाव झेल्ने सहारा बनेको छ । तर, आरन चलाउँदा बगेका पसिनाको मूल्य भने नपाएको उनीहरूको गुनासो छ ।
मुगुका गरिब, दुःखी र फरक क्षमता भएकाको सहारा आरन पेसा बनेको छ । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । मुगुमकार्मारोङ गाउँपालिका-८ का पेमा छिरिङ कामी आरन पेसाबाटै आफ्नो घर परिवारको खर्च जोहो गर्दै आइरहेका छन् ।
आरनबाट हात हतियारदेखि कृषि औजारहरू बनाउने गरिन्छ । तर, पछिल्लो समय सहरका रेडिमेन्ट औजारका कारण स्थानीय आरन व्यवसाय धराशयी बन्दै आएको स्थानीयले गुनासो गरेका छन् । अर्काेतिर काम अनुसारको ज्याला पाउन नसकेको पनि उनीहरूले दुःखेसो पोखे । एक घण्टा मिहिनेत गरेर औजार बनाएर दिँदा एक माना चामल ज्याला पाउने गरेको उनीहरू बताउँछन् । उचित ज्याला पाउन नसकेका आरन व्यवसायीहरूमाथि राज्यले पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
स्थानीय सरकार बनेपछि दुःखका दिन हट्ला भन्ने आशा गरेका मुगुका दलितहरूको समस्या समाधान अझै हुन सकेको छैन । स्थानीय सरकारले उचित ज्याला र सहज बजारको व्यवस्था गरिदिए आरन पेसाकै संरक्षण र आफूहरूको जीविकोपार्जनमा पनि सहज हुने उनीहरूको बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच