म्याग्दीको विकट गुर्जामा निःशुल्क स्वास्थ्य शिविर : तीन सय बढी लाभान्वित

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा बुधवार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

जिल्लाको धवलागिरी गाउँपालिका–१ म पर्ने गुर्जामा दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित शिविरमा ३ सय १२ जना लाभान्वित भएका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

पोखराको फिस्टेल अस्पतालका फिजिसियन डाक्टर शिव भट्टराईको नेतृत्वमा गुर्जा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।
स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धी सेवा दिइएको थियो । शिविर सञ्चालनका लागि मुगुङग्वा संस्थाका लिम झुङगको नेतृत्वमा संस्थाका प्रतिनिधि र चिकित्सकको टोली हेलिकप्टर चढेर गुर्जा पुग्नुभएको थियो ।

छिमेकी वडा लुलाङ देखि पुरै दिन जंगल, भिर र खोल्साको बाटो हिडेर पुगिने गुर्जाका बासिन्दाले गाउँमै चिकित्सक मार्फत सेवा पाउँदा राहत महशसु गरेका छन । संस्थाको टोलीले गुर्जा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान अटो कल्याप, औषधी र बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य सडक सुविधा नपुगेको एक मात्र वडा गुर्जाका बासिन्दालाई गाउँमै चिकित्सक मार्फत स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?