नेपाल र लाओसको खेल असोज २५ मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फुटबल वल्र्ड कप-२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रंगशालामा हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले उक्त जानकारी दिएको हो ।

फिफा वरियतामा लाओस एक सय ८६औं र नेपाल एक सय ७५औं स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उहाँले बताउनुभयो । खेलको ‘कमर्सियल मिडिया राइट’ सिंगापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ ।

खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैंले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?