कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झापा । झापाको कन्काई नगरपालिका-३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छिन् ।

उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?