भोजपुरमा पनि एमालेको ‘मिसन ग्रासरुट’ अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेकपा एमालेले देशब्यापीरुपमा थालेको मिसन ग्रासरुट अभियान भोजपुरमा पनि सुरु गरिएको छ । सोही अभियान अन्तर्गत बिहिवाट नेकपा एमालेको छैटाैँ पूर्ण बैठक सुरु भएको छ ।

कोसी प्रदेश इन्चार्ज तथा स्थायी कमिटि सदस्य राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा बैठक सुरु भएको हो । पार्टी सुदृढीकरण तथा विस्तारका लागि अभियानको सुरुवात गरिएको छ । दुई महिने अभियानका क्रममा जिल्ला तहमा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तरक्रिया लगायतका कार्यक्रमहरु हुने जिल्ला अध्यक्ष शरण राईले जानकारी दिनुभयो ।

एमालेले सातै प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली खटाइएको छ भने कोसी प्रदेशका लागि अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्कीलाई जिम्मेवारी दिएको छ ।

मिसन ग्रासरुट अभियान अन्तर्गत भोजपुरका २ नगरपालिका र ७ वटै गाउँपालिकाहरुमा यो अभियान संचालन हुने नेकपा एमाले भोजपुरले जनाएको छ । अभियान अन्तर्गत पालिकाहरुका लागि जिल्ला प्रतिनिधी समेत खटाई सकिएको छ ।

जिल्लाको आमचोक, हतुवागढी रामप्रसादराई गाउँपालिकामा किशोर अधिकारी, अरुण गाउँपालिका र षडानन्द नगरपालिकामा टंक आङबोहाङ लिम्बुलाई खटाईएको छ भने भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिकामा अइन्द्र सुन्दर नेम्वाङलाई जिल्ल प्रतिनिधीकारुपमा खटाईएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?