आँखा अस्पताललाई सिद्धार्थको पाँच लाख

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको सहयोगार्थ पाँच लाख १२ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकतर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई रकम हस्तान्तरण गर्नुभएको हो ।

उक्त सहयोग रकम अस्पतालले काभ्रे, धादिङ, नुवाकोट र रसुवाका दुर्गम क्षेत्रका मोतीबिन्दु रोगीको आँखा शल्यक्रियाका लागि उपयोग गर्नेछ । सहयोगबाट आर्थिकस्थिति कमजोर भएर मोतीबिन्दुको उपचार गर्न नसकिरहेका बिरामीको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?