फाइबर नेटको आइपिभी ६

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । डिसहोम फाइबर नेटले नयाँ इन्टरनेट प्रोटोकल आइपिभी ६ कार्यान्वयनमा ल्याएको छ । नयाँ वर्ष २०२३ देखि कम्पनीले आइपिभी सिक्स प्रविधिमार्फत् सेवा दिन थालेको हो । कम्पनीका अनुसार इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आइपी एड्रेसको मुख्य भूमिका हुन्छ । हरेक डिभाइस तथा उपकरणलाई इन्टरनेटमा कनेक्ट गर्न र अन्य कम्प्युटर, नेटवर्क र डिभाइससँग सञ्चार गर्न आइपी एड्रेस जरुरत पर्दछ । इन्टरनेट प्रोटोकल भर्सन सिक्स त्यसैको नयाँ पुस्ता हो ।

विश्वभर भी फोरमा उपलब्ध सीमित आइपी एड्रेस वितरण भएर सकिएपछि आइपी भी सिक्स विकास गरिएको थियो । आइपिभी फोरमा ३.७ अर्ब युनिक आइपी एड्रेस रहेका छन् । एनएटी प्रविधि आवश्यक नपर्ने हुँदा आइपिभी सिक्समा आइपिभी फोरको तुलनामा इन्टरनेट एक्सेस राम्रो र सुरक्षित हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?