मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाउनुभएको छ ।

आज १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहनुभएका शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाउनुभएको छ ।

बैठक अहिले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बस्न लागेको बताइएको छ । बैठकले मुख्यमन्त्री शाहले आज लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय गर्ने जनाइएको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा पर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?