अहिले फेरि कम्युनिष्ट पार्टीहरूको एकताको कुरा हुँदैछ । फुटेर तीन-चार चिरा भएका माओवादीहरू गत आइतबार एउटै मञ्चमा उभिन पुगेका कारण उनीहरूले फेरि यस्तो सम्भावना देखेर यस्ता तर्क अगाडि सारिरहेका हुन सक्छन् । पहिलेसँगै सशस्त्र विद्रोहमा संलग्न भएका र पछि शान्ति प्रक्रियामा आइसकेपछि आपसी वैमनश्यताका कारण एकै ठाउँमा बस्न नसक्ने भएर उनीहरू विभिन्न पार्टीका रूपमा छुट्टिएका थिए । यसरी छुट्टिँदा आपूmमात्र सही र अरू चाहिँ सिद्धान्तबाट विचलित भएको जस्तो आक्षेप लगाउने गर्छन् र एकले अर्कालाई सिद्धान्तच्युत देख्ने गर्छन् तर वास्तविकता भने त्यसको पछाडि अर्कै हुने गर्छ । कमाउनेले अरूलाई बेठिक देख्छ भने कमाउन नसक्नेले कमाउनेको विरोध गरेर अलग भएको हुन्छ । सिद्धान्त चाहिँ देखावटी मात्र हुने गरेका छन् ।
नेपालको इतिहासले यिनै कुरालाई प्रमाणित गर्दै आइरहेको छ । स्थापनाकालदेखि नै नेपालका कम्युनिष्ट पार्टीहरू एकठाउँमा बस्न सकेनन् । साना–साना समूह वा गुट-उपगुटका रूपमा केही मानिसहरू आफ्नो नाम र थरलाई पार्टीमा जोडेर अलग बस्न पुगे । नेकपा मानान्धर, नेकपा बर्मा, नेकपा अमात्य जस्ता थरका ट्याग लागेका कम्युनिष्ट पार्टीहरू लामो समयसम्म अस्तित्वमा रहिरहे । कहिले कसलाई कहिले कसलाई गद्दार र विघटनवादी भनेर घोषणा गर्ने र फेरि त्यस्ता घोषणा सच्याउने गर्दै उनीहरूको लामो समय बित्यो । पुष्पलाल श्रेष्ठलाई समेत एउटा समूहले गद्दार घोषणा गरेको थियो । केशरजंग रायमाझी दरबारसँग मिल्न पुगेपछि उहाँलाई गद्दारको आक्षेप लगाउनु त स्वाभाविक नै थियो । टुट्ने, फुट्ने र जुट्ने क्रमको शृंखला चली नै रहृयो ।
नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरणपछि नेकपा एमाले बन्न पुग्यो । नेपालका कम्युनिष्ट पार्टीहरूमा अरूभन्दा यो पार्टी सबल र स्थिर देखिन आएको छ तर २०५४ सालमा यो पार्टी पनि फुट्यो र पछि जोडिन आयो । जनमोर्चा एकता केन्द्र नेमकिपाहरू साना खालका पार्टीका रूपमा आफ्नो अस्तित्व बचाउँदै आइरहेका छन् । नेपाली जनताको लडाइँ प्रजातन्त्रकै लागि थियो । २०४६ सालमा त्यो प्राप्त भयो तर नेकपा माओवादी एकाएक हिंसात्मक विद्रोहमा गयो । अनाहकमा १७ हजारभन्दा बढी नेपालीको ज्यान गयो । त्यो हीनता एकातिर, अर्कातिर सुरक्षित अवतरणको बाटो नेकपा माओवादीलाई पनि चाहिएको थियो ।
नयाँ राजा ज्ञानेन्द्रको दलहरूलाई निस्तेज पार्ने कदम यी सबै कुराले माओवादीलाई सुरक्षित अवतरण गरायो तर सिद्धान्तका कुरा आपूm सत्तामा गएपछि माओवादीले पनि बिर्सिंदै गएका कारण वैद्य र विप्लवहरू मूल पार्टी छोडेर हिँडे । बाबुराम भट्टराई शक्तिको केन्द्रमा पुगेर प्रधानमन्त्रीसमेत बन्नुभयो तर उहाँ पनि कहिले नयाँ शक्ति कहिले जनता समाजवादी पार्टीमा समाहित भइरहनु भएको छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा माओवादी सम्बद्ध पार्टीका नेताहरू एकै मञ्चमा उभिन पुग्नुभयो । त्यहाँ उहाँहरूले माओवादीको एकताको आवश्यकता महसुस गर्नुभयो । वास्तवमा शान्ति प्रक्रियामा आएयता माओवादीमा विचलन नआएको भए उक्त पार्टी सबैभन्दा सबल पार्टीका रूपमा रहनसक्ने सम्भावना थियो तर त्यसो हुन सकेन ।
हुन त आपसी मनोमालिन्य, गुट-उपटुट नेपाली कांग्रेसमा पनि स्थापना कालदेखि नै थियो । पछि आएर विभाजन र फेरि एकता कांग्रेसमा पनि भएकै हो । अहिले पनि ‘नेपाली कांग्रेस’ जोडिएका पार्टीहरू छँदै छन् तर हालसम्मको इतिहासबाट के देखिएको छ भने मूल पार्टीबाट फुुटेर जानेहरू मूल पार्टी जति सबल बन्न सक्दा रहेनछन् । चाहे नेपाली कांग्रेस प्रजातान्त्रिक होस् वा नेकपा माले वा हाल माओवादीबाट टुक्रिएका पार्टीहरू नै किन नहुन् तिनले मूल पार्टीभन्दा आफ्नो पार्टीलाई ठूलो बनाउन सकेनन् ।
कम्युनिष्ट एकताको कुरा नेकपा एमालेका अध्यक्ष केपी ओली पनि गर्दै हुनुहुन्छ र उहाँ नेकपा एमालेकै नेतृत्वमा कम्युनिष्ट पार्टीहरूको एकता हुने बताइरहनु भएको छ । तर, यसो गर्न भनेजति सजिलो निश्चय छैन, किनभने एकता भएपछि तिनीहरू टुक्रिएर बाहिरिइरहेको अवस्थामा तिनलाई समटेर एकता गर्ने भन्ने कुरा कार्यकर्तालाई दिइने आश्वासनमात्र हो । तर, कार्यकर्ताले पनि नेताहरूका त्यस्ता कुरालाई पत्याइरहेका हुँदैनन् तैपनि नेताहरू त्यसो भनिरहन्छन् । पार्टीको सबलता र राजनीतिको स्थिरताका लागि पार्टी एकता आवश्यक छ, त्यतिमात्र होइन राष्ट्रिय सहमति नै गर्नसक्दा अझै राम्रो हो तर यसो गर्नु भनेजति सजिलो निश्चय छैन । त्यसकारण पार्टी एकीकरणका लागि पहिलो सर्त चाहिँ नेताहरूकै आचरणको शुद्धीकरण नै आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच