काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको पुस्तक ‘स्मृतिपटलमा तपस्वीहरू’ लोकार्पण भएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शनिबार लोकार्पण भएको उक्त पुस्तक अध्यात्म क्षेत्रमा ख्याति आर्जन गरेका खप्तड बाबा, श्यामचेतन बाबा तथा चुनचुन बाबाका विषयमा लेखिएको छ ।
प्रहरी प्रशासनमा लोकप्रियता आर्जन गरेका पूर्वमहानिरीक्षक खरेल अध्यात्म क्षेत्रमा समेत आस्था राख्नुहुन्छ भन्ने यसबाट देखिन आउँछ । कार्यक्रमको सभापतित्व प्रसिद्ध साहित्यकार तथा उहाँका दाजु यादव खरेलले गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका लेखक खरेलले पुस्तक किन र कसरी लेखियो भनेर प्रकाश पार्नुभएको थियो ।
लोकार्पित पुस्तकमाथि प्रा.डा.गीता त्रिपाठीले समीक्षा गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रा.डा.शिवगोपाल रिसालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । पूर्वप्रहरी महानिरीक्षक, प्रहरी सेवाका उच्चपदस्त अधिकारीहरू तथा नेपाल सरकारका पूर्व तथा वहालवाला उच्चपदस्त अधिकारीहरूको ठूलो संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार भैरबी भूगोलले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अथिति रिसालले प्रहरीलाई नौतिक तथा आध्यात्मिक ज्ञान तथा शिक्षा आवश्यक छ भन्नु हुँदै खरेलको लेखकीय क्षमताको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको समापन गर्दै सभापति यादव खरेलले यस पुस्तकमा उल्लेख भएको बाबाहरू सांसारिक काम, क्रोध, लोभ, मोहबाट मुक्त व्यक्ति हुनुहुन्थ्यो भन्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच