कोशी प्रदेशमा सत्तारुढ दल भित्रै बढ्दै असन्तुष्टि, प्रदेश सांसदले दिए राजीनामाको चेतावनी

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । सरकार गठनप्रति कोशी प्रदेशमा सत्तारुढ दल भित्रै असन्तुष्टि बढ्दै गाएको छ ।

कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा गर्ने बताउनु भएको छ । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उहाँले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको गुनासो गर्नुभएको छ ।

उहाँले फेसबुकम लेख्नुभएको छ – ‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो ।दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनसाय बनाइसकेको छु ।’

शनिबार बसेको संसदीय दलको बैठकले जीवन आचार्य र नारायाण बुर्जा मगरलाई सरकारमा पठाउने सहमति गरेको थियो । तर, आज माओवादीले संखुवासभाका राजेन्द्र कार्कीलाई मन्त्री बनाएपछि मगर चिडिँनुभएको हो ।

कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनाइएका छन् । कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनाइएका छन् । उहाँहरु दुबै जनाले मन्त्री पदको शपथ समेत लिइसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?