सडक अनुशासन पालना गरेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । सडक प्रयोगकर्ता सबैले सडक अनुशासन पुर्णरुपमा पालना गरेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बिश्वास सरोकारवाला निकायका प्रतिनिधीहरुले गरेका छन् ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा आयोजित सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि चालक प्रशिक्षण कार्यक्रममा मानविय कारणबाट नै सर्वाधिक सवारी दुर्घटना भै धनजनको क्षति भएको कुरामा जोड दिँदै सडक प्रयोगकर्ताहरु सबैले सडक अनुशासन पालना गरेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका हुन् ।

जिर्ण सडक, थोत्रा गाडी र सिकारु चालकका कारण पनि सडकमा सवारी दुर्घटना हुने गरेको उल्लेख गर्दै सरोकारवाला निकायका प्रतिनिधीहरुले सवारी चालक र यातायात मजदुरहरु शारिरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने कुरामा जोड दिएका छन् ।

चालकको लापरवाही, सडकको दुरावस्था, यान्त्रिक गडबढी र पैदल यात्रुको लापरवाही आदी सवारी दुर्घटनाका प्रमुख कारणहरु रहेको सम्बन्धित क्षेत्रका बिषय बिज्ञहरुले बताएका छन् । तिब्रगतीमा सवारी चलाउने, सडकमा उछिनपाछिन गर्ने अस्वस्थ प्रतिष्पर्धा, ओभरटेक र ओभरलोड तथा दैवी प्रकोपका कारण पनि अधिक सवारी दुर्घटना भै बर्षेनी करोडौं बराबरको धनजनको क्षति हुने गरेको सरोकारवाला बताउछन् ।

सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि चालक प्रशिक्षण कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सरोकारवाला निकाय र सडक प्रयोगकर्ताहरु सबै जिम्मेबार भएमा सवारी दुर्घटना न्यूनिकरण अभियान सफल हुने दावी गर्नुभयो । सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरी मात्र जिम्मेबार नभै समाजका सबै नागरिक सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिदैं उपरीक्षक प्रसाईले यातायात ब्यबसायी, मजदुर र यात्रुहरु सबै उत्तिकै जिम्मेबार बन्नु पर्ने बताउनु भयोे ।

वरिष्ठ प्रहरी सहायक निरिक्षक एवं कार्यक्रमका प्रशिक्षक ज्ञानु पाण्डेले सवारी दुर्घटना न्यूनिकरणमा सवारी चालकहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुने कुरामा जोड दिँदै चालक, सहचालक लगाएतका यातायात मजदुरहरु पुर्णरुपमा सचेत र जिम्मेबार भएमा दुर्घटना न्यूनिकरण हुने बताउनु भयो।

मादक पदार्थ सेवन गरेर गाडी चलाउने, गाडीको यान्त्रिक अवस्थाबारे जानकारी नराख्ने, सवारी र चालकको कागजपत्र दुरुस्त नराख्ने लगाएतका कमिकमजोरी हटाएर जिम्मेबार बन्न समेत आग्रह गर्नु भएको छ । सो अवसरमा पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक एवं सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यातायात क्षेत्रका समस्या, सवारी ब्यबस्थापन, अनुगमन र दुर्घटना न्यूनिकरणका उपायहरुबारे चर्चा गर्नु भयो ।

प्रालिका संचालक तथा दुर्घटना न्यूनिकरण कार्यक्रमका सचिव जितेन्द्र खत्रीको संचालनमा भएको सो कार्यक्रममा लेखा संचालक मोहन पिएस, नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रिय सदस्य कृष्ण कंडेल, नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, अखिल नेपाल मजदुर संगठन रुपन्देहीका अध्यक्ष कुमबहादुर नेपाली, पत्रकार हरिश ढकाललगाएतले दुर्घटना न्यूनिकरणका उपाय र चालकहरुको भुमिकाबारे चर्चा गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?