अष्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियाले आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जितेको छ ।

केपटाउनमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् ।

अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाईन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् ।

दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २/२ विकेट लिईन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?