‘छक्का पञ्जा ४’को ‘सिरूपाते जुँगामा’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गत शुक्रबारदेखि देशभरका सिनेमाघरमा आएको चलचित्र ‘छक्का पञ्जा ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत बाबुल गिरीको स्वर, शंकर अधिकारीको शब्द र बाबुलकै संगीत संयोजन तथा मिसिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियोमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ ।

हेमराज बिसीले निर्देशनमा बनेको चलचित्रमा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । नरेन्द्र मैनालीले छायांन गरेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । यस्तै, चलचित्रले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *