उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरमा करेन्ट लागेर बुधबार एक सडकलाईन कर्मचारीको मृत्यु भएको छ ।

जिल्लाको त्रियुगा नगपालिका ४ बगाहा घर भएका ४० बर्षीय कैलाश राई भन्ने युबराज राईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

राई सडकको बिजुलीको पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । घाईते राईलाई उपचारको लागी तत्काल जिल्ला अस्पताल उदयपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीका अनुसार यस घटना सम्बन्धको थप अनुसन्धान भइरहेको छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?