समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व आउँदैन : नेता निधी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्नेकुरासँग आफू सहमत नरहेको बताउनु भयो ।

उहाँले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एकअर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर एकअर्कासँग नजोड्ने गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले सात वटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउनु भयो । उहाँले यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा खालि समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्नेकुरासँग म सहमत छैन । निर्वाचन प्रणालीमा संविधानमा संशोधन गर्नु छ । निर्वाचन प्रणालीमा संशोधनको जरुरत के छ भने तीन तहको निर्वाचन हुन्छन् । संघीय, प्रदेश र स्थानीय तह एकअर्कासँग जोडिदिएको छ । त्यसलाई छुट्याइदिनुपर्छ । त्यसमा संशोधनको जरुरी छ । मैले भनेको पनि छु । अहिले सात वटै प्रदेशलाई प्रहरी संगठन उसको हातमा दिनुपर्छ, आफ्नै प्रशासनका लागि कर्मचारी संगठन पनि दिनुपर्छ । निर्वाचन प्रणालीमा संघको पहिला, प्रदेशको र स्थानीय तहको हुनुपर्छ । त्यसरी कानून निर्माण गर्न, र संशोधनको जरुरी छ । राजनीतिक स्थिरताको लागि त्यसले बाटो देखाउँछ ।’

नेता निधीले संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने, कर्मचारी संगठन हुनुपर्ने बताउनु भयो । उहाँले अहिलेसम्म नेपालमा संघीयता पूर्णरुपमा बन्न नै नसकेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?