टोपबहादुरलाई म्याद थपका लागि अदालत लगिँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वउपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिँदे छ ।

आइतबार साँझ बुढानीलकण्ठबाट पक्राउ पर्नुभएका रायमाझीलाई रातिनै नै काठमाडौं परिसर लगिएको थियो । प्रहरीले आज उहाँको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ ।

गत २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहनुभएका उहाँ ११ दिनपछि काठमाडौंको बुढानीलकण्ठस्थित पासीकोटमा लुकेर बसेको अवस्थामा पक्राउ
पर्नुभएको थियो ।

यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् । रायमाझी पक्राउ परेसँगै अब यो सँख्या १३ पुगेको छ ।

यस प्रकरणमा पक्राउ पर्नुभएका खाँणसहित १२ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले आइतबार अनुमति दिइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?