धादिङकाे नीलकण्ठ नगरपालिकाद्वारा सार्वजनिक घर टहरा हटाउन रेखांकन शुरु

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाद्वारा सार्वजनिक जग्गा मिचेर निर्माण गरेका घर टहरा हटाउन रेखांकन शुरु गरेको छ ।

धादिङबेसिस्थित अरुण खोला, थोपल खोला र आँसी खोला आसपासको क्षेत्रको सार्वजनिक जग्गाको रेखांकन गर्न शुरु गरेको हो । खोला क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमणका कारण खोलाले पुर्‍याउने क्षती कम गर्नको लागि रेखांकन गरेर बस्तीलाई जोखिमबाट जोगाउन रेखांकन गरिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

रेखांकन गरेका सार्वजनिक जग्गामा खेत र घर टहरा हटाउने निर्णय भने नगर सभाले गर्ने श्रेष्ठले बताउनुभयो । वडा अध्यक्षले मात्र घर टहरा हटाउन नसक्ने भन्दै नगर सभाको निर्णय पछि थप कदम अगाडी बढाउने उहाँको भनाई छ । नगरपालिकाको वडा नं ३,४,८ र १२ का क्षेत्रमा रेखांकन गर्ने कार्य जारी रहेको छ ।

यदि कोही कसैले रेखांकन गरिएको क्षेत्रमा गाडिएका पोलहरु उखेलेर फाल्ने, नगरपालिकाको निर्णय बिरुद्ध लाग्ने व्यक्तिहरुलाई सार्वजनिक मुद्दा हाल्ने,सार्वजनिक सेवा सुबिधा समेत काटिनेछ । घर टहरा हटाउन ३५ दिने सूचना निकालेर भत्काउन सुरु गरिनेछ ।

नगरपालिकाको बिपद् व्यवस्थापन सम्बन्धी बैठकले सरकारी तथा सार्वजनिक जग्गा मिचेर कसैले जबरजस्ती निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४१ को उपदफा (१) र (२) बमोजिम भत्काउने खर्च समेत सम्बन्धीत निर्माण कर्ताबाट असुल उपर गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?