एलेक्सलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केभिपिपीसीका एलेक्स महर्जनले बृहत् खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९-११, ११-९, ७-११, ११-३, ११-५ र ११-५ को सेटमा पराजित गर्नुभयो ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष सिंगल्स ‘बी’ प्रतिस्पर्धामा सिवाइसीका राजेन्द्रमान श्रेष्ठ पहिलो हुनुभयो । उहाँले फाइनलमा एलटिटिसीका सलिम ताम्राकारलाई ११-८, ८-११, ५-११, ११-५ र १२-१० ले हराउनुभयो । एलटिटिसीका विभूष श्रेष्ठ र सोल्चापूखू स्पोर्ट्सका सुशील बज्राचार्य तेस्रो हुनुभयो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोड स्पिनका राजेश्वर महर्जनले फाइनलमा सिवाइसीका राजु शाक्यलाई ११-९, ११-८, ६-११ र ११-७ ले पाखा लगाउदै पहिलो हुनुभयो । एपीएमका ठाकुर थापा र सिवाइसीका विक्रम श्रेष्ठ तेस्रो बन्नुभयो ।

विजेतालाई नेपाली कांग्रेस ललितपुर जिल्लाका सभापति जितेन्द्र मलेखु, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, ललितपुर जिल्ला टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सुदिल शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीन दिने प्रतियोगितामा करिब १ सय ८० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेको ज्याकी महर्जनले जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?