ज्येष्ठ नागरिकलाई वडाको सम्मान

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर ।  आफना वडा भित्रका ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको छ ।

भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखाले आफनो वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई घरमा नै गएर सम्मान गरेको हो । वडा कार्यालयको कार्यक्रम अन्तर्गत पालिका भित्रका ७ जना ज्येष्ठ नागरिक र १ जना अपाङ नागरिकलाई सम्मान गरिएको वडा कार्यालयका वडा सचिव बिक्रम रुम्बाले जानकारी दिनु भयो ।

वडा सचिव रुम्बाले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई सम्मान गर्नु वडाको पनि दायित्व हो, त्यसैले हामीले सवैको घरमा गएर सम्मान पत्र, दोस्लला र फलफुल सहित सम्मान गर्यो ।” वडाले आफुलाई सम्मान गरेकोमा ज्येष्ठ नागरिकहरु पनि खुशी देखिनु भएको छ । ९४ बर्ष पुग्नु भएका उजिरबहादुर प्रधानले खुशी हुदै सम्मान गरेकोमा जनप्रतिनिधीलाई धन्यवाद समेत दिनुभयो ।

सम्मानितहरुमा ९० बर्ष भन्दा माथिको हुनुहुन्छ । यस्तै कार्यालयले वडा भित्रका ९ जना महिला स्वयम सेविकाहरुलाई समेत सम्मान गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?