काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाएको छ।
कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालअन्तर्गत कार्यरत स्टाफ नर्सहरूलाई सेवावाट हटाईएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।
गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाईको हो । यो सूचना आजको गोरखापत्रमा प्रकाशित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच