जनकपुरधाम । कमला बचाउ अभियानको आयोजनामा धनुषा र सिरहा जोड्ने ऐतिहासिक कमला नदीमा रामसीताको मटकोर गराउनुभएका जगतगुरु शंकाराचार्य अधोक्षजानन्दलाई विदाई गरिएको छ । रामसीता मटकोर गर्न विवाहपञ्चमी भर्न आउनुभएका शंकाराचार्य अधोक्षजानन्दले कमला नदी पुगेर रामसीताको मटकोर गराउनुभएको थियो । उहाँलाई कमला बचाउ अभियानका संयोजक विक्रम यादवले विदाई गर्नुभएको थियो । संयोजक यादवको विशेष पहलमा उहाँ नेपाल आउनुभएको थियो ।
कमला नगरपालिकाका मेयर विशेश्वर प्रसाद यादवको अध्यक्षता तथा शंकाराचार्य अधोक्षाजानन्दको प्रमुख आतिथ्यमा भएको मटकोर कार्यक्रमको लागि हजारौंको संख्यामा श्रद्धालु कमला नदी पुगेका थिए ।
सो क्रममा मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादव, नेपाल सरकारका पूर्वमन्त्री सांसद शंकर भण्डारी, बिहार बिधान सभाका बिधायक छत्रपति यादव, भारतका प्रख्यात पाञ्चजन्यका संपादक हितेश शंकर, पुर्व सांसद दिनेश प्रसैला यादव, राम औतार पासमान लगायतका जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, सबैला नगरपालिकाका मेयर कारीराम यादव, शहीदनगर नगरपालिकाका मेयर दिनेश यादव, नगराईन नगरपालिकाका मेयर बिनयकुमार यादव लगायतको उपस्थिति थियो ।
यस्तै, निम पिपल तुलसी भारतका संयोजक डा. धर्मेन्द्र कुमार, साहित्यकार लेखक अमिय भुषण, वडा अध्यक्षहरू, पत्रकार, अभियानीहरूको उपस्थितिमा मटकोर गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच