पाल्पा । रुघाखोकीदेखि अन्य रोग लाग्दा झारफुक गर्न लामा–धामी कहाँ जाने प्रचलन यद्यपी अहिले पनि नेपाली समाजमा विद्यमान नै छ । तुरुन्तै विरामी भइहाले पहिलो अस्पतालका रुपमा लामा–धामी कहाँ ‘हेराउन’ जाने प्रचलन केही ग्रामीण क्षेत्रहरुमा कायमै रहेको पाइन्छ । अन्धविश्वासका कारण कडा खालका विरामीहरु लामा–धामी कहाँ पुग्ने गर्दछन् । बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतना नभएकै कारण धामीकहाँ जाने चलन छ । जसका कारण केही नागरिकहरुको अकालमै ज्यान समेत जाने गरेको पाइन्छ । विरामीहरु अस्पताल नगएर लामा–धामी कहाँ जाँदा अकालमै ज्यान गुमाउनु परेका घटनाहरु बढ्न थालेपछि पाल्पाका केही लामा–धामीहरुले भने विरामी अस्पताल पठाउने प्रतिवद्धता जनाएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाभित्र रहेका लामा– धामीहरुले आफु कहाँ आउने विरामीहरुलाई तुरुन्तै अस्पताल जान सुझाव दिने बताएका हुन् ।
बगनासकाली गाउँ सरकारले लामा–धामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन उनीहरुलाई सम्मान गरेपछि लामा–धामीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुसँग आएका विरामीहरुलाई आत्मबल र आत्मविश्वास बढाएर उपचारको लागि अस्पताल पाठाउने सामुहिक प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफुहरु समक्ष आउने विरामीहरुको मनोविज्ञान बुझ्ने, अवस्थाको जानकारी लिने समान्य किसिमको अवस्था भए हाम्रो विधि पद्धती अनुसार औषधी उपचार गर्ने र अंगभंग भएका, विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगका विरामीहरुलाई तुरुन्तै अस्पतालमै पठाउने प्रतिवद्धता जनाएका हुन् ।
लामो समयदेखी लामा–धामीको काम गर्दै आउनुभएका बगनासकाली –५ दर्लामडाँडाका दिनानाथ गैरेले पैसाको लोभमा कुनै पनि लामा–धामीले विरामीहरुलाई रोकेर राख्न नहुँने र उपचारको लागि अस्पतालमै पु-याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म आफै लामा–धामी हुँ, साँझ सुत्दा राम्रै सुतेको विहान उठ्दा मेरो बोली नै रोकिएको थियो, परिवारले तत्काल उपचारको लागि मिसन ल्याएपछि मेरा ज्यान बच्यो, अस्पताल नल्याएको भए तलमाथि हुन्थ्यो ।’
लामाको नाममा ठगी गर्ने, हास, कुखुरा, बोका काट्न लगाउने चलन बढ्दै गएको अवस्थामा स्थानीय सरकारले लामा–धामीहरुलाई एकजुट गरी अन्तरक्रियामा गरेर राम्रो अभियानको शुरुवात गरेको लामा–धामी ताराबहादुर सिंजालीले बताउनुभयो । आफुले विरामीहरुलाई पहिलो चरणमै अस्पतालमा पठाउने गरेको र अस्पतालमा ठिक नभएका विरामीहरुको मात्र आफुले लामा–धामीको विधि अनुसार उपचार गर्ने गरेको उहाँको भनाई छ । माडी पोखराथोकी सुमित्रा बरालीले धैरे मानिसहरु उपचारको लागि आफ्नो आश्रममा आउने गरेता पनि कुराकानीको आधारमा रोगको अवस्था जानकारी पाई उपचारको लागि आत्मविश्वास सहित अस्पतामा पठाउने गरेको बताउनुभयो । १० बर्षदेखि लामा–धामीको काम गर्दै आउनुभएका बगनासकाली –५ गरनडाँडाका भोजराज अर्यालले आफु कहाँ आउने विरामीहरुलाई १५ मिनेटसम्म राख्दा कुनै सकारात्मक परिवर्तन नआए तुरुन्त अस्पताल पठाउने गरेको बताउनुभयो । बगनासकाली गाउँपालिकाले गरेको सर्भेहरुबाट विरामीहरु लामा–धामी कहाँ जाने, केही समय त्यहीकै उपचार झारफुकमा लाग्ने र जटिल भएपछि मात्र अस्पताल जाने स्थितिमा सुधार ल्याउने अभियानाका साथ लामाधामी सचेतना तथा सम्मान कार्यक्रम गरिएको पालिकाकी अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाई छ ।
आगामी दिनमा लामा–धामीका घर–घरमा पालिकाबाट छड्के अनुगमन गर्ने अध्यक्ष चिदीले बताउनुभयो । पालिका उपाध्यक्ष हरि प्रसाद पाठकले पालिकाको समग्र स्वास्थ्य अवस्थामा सुधार ल्याउन, मानिसलाई दीर्घायु बनाउन लामा–धामी, चिकित्सक, जनप्रतिनिधी र पत्रकार सहितको संयुक्त छलफल अन्तरक्रियामा गरिएको बताउनुभयो । पालिकाका प्रवक्ता टिकाबहादुर थापाले आजको जमानामा पनि अन्धविश्वासमा पर्दा मानिसहरुमा जिउधनको क्षति भइरहेकोले समाजबाट अन्धविश्वासका घटनाहरुलाई हटाउन, पालिकास्तरीय लामा–धामी सहभागी कार्यक्रम गरिएको बताउनुभयो । अन्तरक्रियामा आएका सुझावहरु कार्यान्वयन गरिने प्रवक्ता थापाको भनाई छ । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले समग्र बगनासकालीको स्वास्थ्य अवस्थासंगै, नसर्ने रोग सुगर, प्रेसर कोलेस्टोर, थाईराईड, मुटु ढाड कम्मर तथा क्यान्सरका रोगीहरु समेत लामा–धामीको झारफुकमा लागि ज्यान जोखिममा पारेकोले लामा–धामी सहित अन्तक्र्रिया गरिएको जानकारी दिनुभयो । कार्यक्रममा मिसन अस्पतालका सत्यनारायण भष्म, लुम्बिनी मेडिकल कलेजकी प्राध्यापक डा.समता नेपाल, वडा नंं ८ का वडा अध्यक्ष मोतीलाल बस्याल, पुर्व स्वास्थ्यकर्मी शालिकराम पहारी लगायतले लामाधामी सहित हामी सबै मिलेर विरामीलाई नजिकको अस्पताल पु-याउन लाग्नु पर्नेमा जोड दिए ।
अन्धविश्वासका कारण विरामीहरुले दुःख पाउने, अकालमा मृत्यु समेत हुने गरेका घटनाहरु घट्ने गरेको भन्दै पालिकाले त्यसलाई न्युनिकरण गर्न विरामी भए तुरुन्तै अस्पताल पु¥याउने अभियान नै सञ्चालन गरेको छ । उक्त अभियानलाई सार्थकता तुल्याउन गाउँपालिकाले लामा–धामीहरुसँग छलफल र अन्तक्र्रिया गरी उनीहरुलाई अभियानमा लाग्न प्रोत्साहन स्वरुप सम्मान गरेको हो । गाउँपालिकाले ४५ जना लामा–धामी, झाक्री तथा तान्त्रिक गुरुहरुलाई दोषल्ला ओढाएर सम्मान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच