कामना सेवालाई ब्लु बर्ड क्लिनिकमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र ब्लु बर्ड इन्टरनेसनल क्लिनिक प्रालिबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु बर्ड इन्टरनेसनल क्लिनिकले प्रदान गर्ने डाक्टर परामर्श शुल्कबाहेक अन्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकसँग आबद्धताको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?