धादिङको गजुरीमा खुम्रेकिराको प्रकोप फैलियो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको गजुरी गाउँपालिका ३ पुराक्सिङमा खुम्रेकिराको प्रकोप फैलिएको छ । खेतबारीमा लगाएको मकै खुम्रेकिराले सखाप पारेपछि गजुरीका किसानहरु चिन्तित भएका छन् । माना रोपेर मुरी उब्जाउने समयमा खेतबारीमा लगाएको अन्य बाली खुम्रेकिराले सखाप पारेपछि अब के अन्न खाएर रिवारको पालन पोषण गर्ने गजुरीका एक किसानको भनाई छ । किसानहरुको पाखो बारी झन् खुम्रेकिराको प्रकोप अब के गर्ने खेती गर्न मन समेत लाग्न छोड्यो किसानहरुको गुनासो छ । पाखो बारी यसैपनि किसानको दुःख, यहिमाथी खुम्रेकिराका कारण बालीले उत्पादन नदिएर कोदो मकै मर्ने गरेको पीडित गंगामायाँ तामाङले बताउनुभयो । खुम्रेकिराको प्रकोपकै कारण भोकै पर्ने अवस्था आएको उहाँको भनाई छ ।

गजुरी गाउँपालिका ३ का करिब ३१ घर परिवारलाई खुम्रेकिराले पिरली रहेको छ । खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने अबस्थामा रहेको छ । खुरमुरे समही अध्यक्ष हुण्डरी तामाङले जानकारी दिनुभयो । माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रेकिरा भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा लिईएको छ । विशेष गरी खुम्रेकिराको आयु करिब ३ वर्ष सम्म हुने गरेको छ । यसको नयन्त्रण गर्नु भनेको नै माटो उपचार गर्नु र अर्को विजुली बत्तीमा किरालाई आकर्षित गर्नु रहेको खाद्य अधिकारका लागि कार्यरत राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

हरेक वर्ष मकै र कोदोबाली लाग्ने ठाउँमा जराखाएर बोट मर्ने र माटोमुनी धेरैसमय बस्ने प्रकृतिको खुम्रेकिरा नियन्त्रण गर्नका लागि विजुली बत्ती आवश्यक पर्ने उहाँको भनाई छ ।  १४ घर चेपाङ र १७ घर तामाङको बस्ती रहेको पुराक्सिङ गाउँमा अहिलेसम्म विजुली बत्ती समेत छैन । बिजुली बत्ती नभएका कारण अन्धकारमा बस्न बाध्य छन् त्यहाँका स्थानीयहरु । बिजुली बत्ती भएमा खुम्रेकिरा नियन्त्रण गर्न सकिने भन्दै स्थानियहरुले गत शुक्रबार विजुली बत्ती माग गर्न नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएका छन् ।

खुम्रेकिरा नियन्त्रण गर्नका लागि खुम्रा लागेको बारीमा बिजुली बत्ती बालेपछि खुम्रेकिराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न सकिने कृषकहरुको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?