काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनमा निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आ≈वान गर्नुभएको छ । शुक्रबार हुन लागिरहेको स्थानीय तहको मतदानका विषयमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभएको हो । उहाँले सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ । आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा भन्नुभएको छ । उहाँले निर्वाचन समाज र राष्ट्रको विकासका मुद्दालाई जनताको घरदैलोमा पुर्याउने विशेष अवसरको रूपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ ।
यस्तै, राष्ट्रपति भण्डारीले स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने निर्णय पनि लिनुभएको छ । आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुग्नुभएको उहाँका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीको नाम काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका-३, चपलीको मतदाता नामावलीमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच