पुर्कोटमा भलिबल प्रतियोगिता हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी। गुल्मीको पुर्कोट दहमा स्थानीयस्तरमा खेल क्षेत्रको प्रवद्धनका लागि भलिबलसँगै विविध प्रतियोगितात्मक कार्यक्रम हुने भएको छ । मदाने गाउँपालिका वडा नम्बर– ६ मा रहेको नयाँ शान्ति दीप युवा क्लबले भलिबलसहित चार किसिमका प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको हो ।

क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा शान्ति दीप युवा भलिबल रनिङ्ग शिल्ड प्रतियोगितासहित विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको नयाँ शान्ति दीप युवा क्लबका सचिव सुरेश कुँवरले जानकारी दिनुभयो ।

आगामी माघ १६ गतेदेखि २० गतेसम्म पुर्कोट दहको गोलपोखरी रङ्गशालामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला ब्याडमिन्टन र पालिकास्तरीय प्रावि नृत्य प्रतियोगिताको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

पुरुष भलिबलतर्फ प्रथम हुनेलाई ५० हजार नगद रुपियाँसहित रनिङ्ग शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्वितीय हुनेलाई ३५ हजार नगद रुपियाँ र तृतीय हुनेलाई २० हजार नगद रुपियाँसहित मेडल र प्रमाणपत्र पदान गरिने भएको छ ।

त्यस्तै, महिला भलिबलतर्फ विजेता हुनेलाई २० हजार नगद रुपियाँ र उपविजेतालाई ११ हजार नगद रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । ब्याडमिन्टनतर्फ विजेता हुनेलाई २० हजार नगद रुपियाँ र उपविजेता हुनेलाई ११ हजार नगद रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । नृत्यतर्फ विजेता हुनेलाई १० हजार नगद रुपियाँ र उपविजेता हुनेलाई पाँच हजार नगद रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा अफिसियलसहित नौ जना हुने र प्रतियोगिता प्रचलित नियमानुसार सञ्चालन हुने जानकारी गराउनुहुँदै क्लबका सचिव कुँवरले प्रतियोगितासँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरुको समेत प्रस्तुति रहने बताउनुभयो । यस अवसरमा क्लबलाई आर्थिक एवम् भौतिक रुपमा सहयोग गर्न चाहाने सबैले सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?