प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्यलाभको कामना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी प्रधानमन्त्री दाहालले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्रीले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना हुनुभएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?