रुखले किचेर बाटोमा हिँडिरहेकी एक महिलाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा नं६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको सोमबार मध्यान्ह किचिएर मृत्यु भएको छ ।

सोमबार मध्यान्ह ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५÷५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् । उनी तराई मुलको जस्तो देखिन्छिन् ।

सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।

डीएसपी राईले मृतकको परिचय खुलाउन प्रहरी परिचालन भइरहेको बताउनु भयो । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

लापरवाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको डीएसपी राईले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?