डाँगीहाटमा इन्भेष्टमेन्ट मेगाको एक्सटेन्सन

Read Time = 1 min

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कोशी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बेलबारी नगरपालिका ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्तरूपमा एक्सटेन्सन काउन्टर उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा मेयर दिलप्रसाद राईले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यहाँका बासिन्दालाई सहज हुने बताउनुभयो । कार्यक्रममा बेलबारी नगरपालिका ९ का वडाध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुँचबाहिर रहेको डाँगीहाट तथा आसपासका सेवाग्राही तथा उद्योगी व्यवसायीलाई बैंकिङ सुविधा सहजरूपमा उपलब्ध हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?