विद्युत दिवसको अवसरमा भोजपुरमा सचेतना कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नागरिकलाई सचेत बनाउने उद्धेश्यका साथ नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रले सचेतना कार्यक्रम संचालन गरेको छ । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर आइतवार कार्यरत कर्मचारी लगायतको सहभागितामा भोजपुरमा प्रभात फेरी सहित सचेतना कार्यक्रमहरु गरिएको हो ।

सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा बढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउने मुख्य उद्धेश्यका साथ हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो ।

विद्युतीय दुर्घटनाबाट वच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरणको अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षा दिवसमा आ–आफ्नो ठाउँबाट सहभागी बन्न प्राधिकरणले आग्रह समेत गरेको छ ।

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने कार्यमा प्राधिकरण सक्रिय रहेको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख चौधरीको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?