ताप्लेजुङलाई हराउँदै बिर्तामोड सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

इलाम । नवप्रयास युवा क्लब ताप्लेजुङलाई हराउँदै बिर्तामोड युनाइटेड तेस्रो सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दकपुर गाउँपालिका-३ देउरालीस्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा ताप्लेजुङलाई बिर्तामोडले ३-० गोल अन्तरले हराएको हो । पहिलो हाफमा १-० गोल अन्तरले अग्रता बनाएको बिर्तामोड दोस्रो हाफमा थप २ गोल गर्न सफल रहृयो ।

खेलको ५५औँ मिनेटमा सूर्य टुडुले अग्रता दोब्बर बनाउनुभयो । लगत्तै २ मिनेटमा टुडुले व्यक्तिगत दोस्रो गोल गर्दैै अग्रता ३-० बनाउनुभयो । खेलको म्यान अफ दी म्याच टुडु घोषित हुँदै नगद २ हजार प्राप्त गर्नुभयो । बिर्तामोडले फागुन २७ गते रेडहर्स एफसी र बुटाबारी युनाइटेडबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा सुनाकोठी एफसी ललितपुर र युनाइटेड फिक्कलबीच प्रतिस्पर्धा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?