एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ ।

विराट कोहली र के एल राहुलको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पाकिस्तानसामु ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेकोमा ३२ ओभरमै पाकिस्तान जम्मा १२८ रन बनाएर अलआउट हुन पुग्यो ।

जसमा पाकिस्तानको सुरुवात नै खरब बन्न पुग्यो । पाकिस्तानले टोलीको स्कोर ५० रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । ब्याट्सम्यान फाखर जामनले २७ रन, आघा सलमानले २३ रन र इफ्तिखार अहमदले २३ रन बनाउनुबाहेक पाकिस्तानका अन्य खेलाडी चल्न सकेनन् । यस्तै नसिम शाह र ह्यारिस रउफ घाइते भएका कारण ब्याटिङ गर्न नै आएनन् ।

वर्षाका कारण दुई दिनसम्म लम्बिएको खेलबाट दुई अंक बटुल्दै भारतले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

आइतबार भारतले २४।१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । त्यही रोकिएको स्थानबाट आजको खेल सुरु भएको थियो ।

सुपर फोर अन्तरगत रिजर्भ डेको खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको थियो । भारतले विशाल लक्ष्य बनाउने क्रममा राहुल र कोहली दुवैले शतक बनाउँदै दोहोरो शतकीय साझेदारी गरे । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का हिर्काए ।

कोहलीले ९४ बल १ सय २२ रनको शानदार पारी खेले । उनले ९ चौका र ३ छक्का हिर्काए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?