कटु आलोचनाका बीच फिलिपिन्स र अमेरिकाको संयुक्त सैन्य अभ्यास सुरु

Read Time = 4 mins

मनिला । कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् हो । संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकले बताएका छन् ।

बालिकाटन नामको १८ दिने उक्त अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका तथा १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौं देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।

‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बाालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । उक्त अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतंकवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् ।

यसैबीच, लिगअफ फिलिपिनो स्टुडेन्ट्सले उक्त अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा प्रारम्भ हुनु केहीबेर अघि उक्त संगठनका सदस्यले विरोधप्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए ।

प्रदर्शनकारी सैन्य अभ्यासको निन्दा गरिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकहरूलाई उक्त अभ्यासको विरोध गर्न आहृवान पनि गरेका थिए । केही प्रदर्शनकारीले यहाँस्थित अमेरिकी राजदूताबास बाहिर रहेको अमेरिकाको प्रतीक चिहृनमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिहृनलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।

यहाँस्थित विद्वत् वर्गको समूह एसियन सेञ्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिण्डोग उयले वालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) क्षेत्र र विशाल एसिया-प्रशान्त क्षेत्रमा अस्थिरता सिर्जना गर्ने टिप्पणी गरेका छन् । उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?