जुम्लामा निर्वाचन अवधिभर मदिरा बिक्रि तथा सेवनमा प्रतिबन्ध

हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला  । आसन्न मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अवधिभर जुम्लामा मदिरा बिक्रि तथा सेवनमा प्रतिबन्ध हुने भएको छ । निर्वाचन हुन अब १९ दिन बाकी हुदाँ जिल्लामा मदिरा विक्रि वितरण तथा सेवनमा पुर्णरुपमा वन्द गरिने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो ।

मंगलबार जिल्लामा निर्वाचन आचार सहिँता बिषयमा बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकमा निर्वाचन आयोगले जारी गरेको आचार संहिताका बिषयमा छलफल समेत भएको थियो । सो वैठकमा कात्तिक २० गतेदेखी मतगणना नसकिन्जेल सम्मको अवधिमा शान्ति सुरक्षा कायम गर्न मदिरा वेचविखन तथा सेवन रोक्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा हुने आमसभा, नारा जुलुस, भिडभाड लगाएतका राजनैतिक पार्टीहरुका कार्यक्रमहरु निर्वाचन अवधिभर नगर्ने नगराउने लगायतका बिषयमा निर्णय गरिएको छ । यसैगरी निर्वाचन आयोगले मंशिर ४ गते जारी गरेको निर्वाचन आँचारसहिँता पूर्ण पालना गर्ने सहितका अन्य निर्णय पनि भएका छन् । मुख्य निर्वाचन अधिकारी बिष्णु प्रसाद गौतमको उपस्थितिमा बसेको वैठकले निर्वाचनमा समन्वय सहकार्य गर्ने देखी विभिन्न निर्णय गरेको छ ।

वैठकमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन आचारसहिँताको बिषयमा जानकारी दिनुभयो । निर्वाचन आयोगको केन्द्रिय कार्यालयबाट जारी गरेका निर्वाचन आचारसंहिता पुर्णरुपमा पालना गर्न यहाँका सबै राजनीतिक दलदेखी उम्मेदवारलाई जानकारी गराएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचनको मतपत्र वाहेक सवै ५४ प्रकारको सामग्री आइपुगेको छ । आएका सामग्री मध्य मत पेटिका पनि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको निर्वाचन तयारीको बिषयमा यहाँका राजनीतिक दलहरुलाई जानकारी समेत गराएको मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमले बताउनुभयो । अहिलेसम्म जुम्लामा आचारसंहिता उलंघन भएको छैन । शान्तिपूर्ण निर्वाच गर्नका लागि सबैको सहकार्य समन्वय आवश्यक रहेको छ । कात्तिक १८ गते देखी १ गतेसम्म प्रचार प्रसार र विभिन्न कार्यक्रम गर्न पाईने निर्वाचन आयोगको निर्देशन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?