भारतले खोल्यो धौलीगंगाको बाँध, सतर्कता अपनाउन आग्रह

हिमालय टाइम्स
रासस
हिमालय टाइम्स
रासस
Read Time = 2 mins

धनगढी । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा बाँधका ढोका चौथो पटक आज (सोमबार) बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५ बजे बाँधका ढोका महाकाली नदीमा जलस्तर बढेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र नदी किनारमा आवतजावत नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले सूचना जारी गर्दै सतर्कता अपनाउन यसअघि नै आग्रह गरेका थिए ।

परियोजनाको बाँध मंगलबार बेलुकी ८ बजेसम्म खोलिने जनाएको छ । भारतीय प्रशासनले बाँधको सिल्ट सफा गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको थियो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ। यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ।

२०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रूपैयाँको क्षति भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी, उपसभापतिमा पनि धमाधम मनोनयन नेप्से १२ अंकले बढ्यो, कारोबार रकम भने घट्यो एमालेमा विद्यादेवी भण्डारीको भूमिका स्पष्ट, अध्यक्षपछिको दोस्रो वरीयता कांग्रेसको १५औँ महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी बाढीले जीर्ण बनाएको कोल्पुखोला पुल, जोखिम मोलेरै आवतजावत दशैँमा घर फर्किने यात्रुलाई २३ असोजदेखि अग्रिम टिकट खुल्ने कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय दुई घण्टा थपियो  सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्ने तयारी, भोलि साँझ ५ बजे बजेट प्रस्तुत… एमालेको निष्कर्ष– चुनावी हार अध्यक्ष ओलीको व्यक्तिगत असफलता होइन महामन्त्री बन्ने दौडमा सुनिल शर्मा, कांग्रेस बदल्ने यस्तो छ एजेन्डा