सिबिफिनद्वारा सरकारलाई ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय क्षेत्रमा अराजक क्रियाकलाप, ज्यादती, सांघातिक आक्रमण तथा विभिन्न अफवाह फैलाउने गतिविधि बढ्दै गएको भन्दै व्यावसायिक सुरक्षा माग गरेको छ । उक्त गतिविधिका कारण बैंकिङ सेवाजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह नै अवरुद्ध हुने स्थिति सिर्जना भएको र त्यस्ता अवाञ्छित गतिविधि नियन्त्रण, शान्तिसुरक्षाको सुनिश्चितता र आपराधिक एवं सांघातिक आक्रमण कार्यमा संलग्नलाई कडा कारबाहीका लागि सिबिफिनले सरकारको ध्यानाकर्षण गराएको छ ।

सोही सन्दर्भमा सिबिफिन अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्रीको अगुवाइमा अर्थमन्त्री, मुख्य सचिव, गभर्नर, गृहसचिव र अर्थ सचिवसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरी बैंक तथा वित्तीय संस्था तथा कर्मचारीविरुद्धका गतिविधिबारे ध्यानाकर्षण गराएको थियो । सिबिफिनले बैंक तथा वित्तीय संस्थाको पुँजी सम्बन्धमा, कर्जा नोक्सानी सम्बन्धमा, सहायक कम्पनी सम्बन्धमा, ग्रिन बैंकिङ ट्याक्सोनोमी सम्बन्धमा, अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल गर्नुपर्ने कार्यबारे सुझाव दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?